कक्षा १२ को नतिजा हेर्ने तरिकाहरू । (परीक्षाफल प्रकाशन भएपछि)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।
‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौँ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौँ ।’ उनले भने ।
प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी भएका थिए । रातोपाटीबाट ।
परीक्षाको नतिजा सम्बन्धित जानकारी निम्न वेबसाइट, एसएमएस सेवा र IVR सेवाबाट प्राप्त गर्न सकिन्छ:
वेबसाइट:
१- राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: https://www.neb.gov.np/results
२- नेपाल टेलिकमको वेबसाइट: https://neb.ntc.net.np/
एसएमएस सेवा:
1. नेपाल टेलिकमको 1600 मा कसरी SMS पठाउने: NEB <space> Symbol No. टाइप गरी 1600 मा SMS गर्नुहोस्।
IVR सेवा:
1. प्राप्त निर्देशन अनुसार नेपाल टेलिकमको 1601 नम्बर डायल गरेर नतिजा प्राप्त गर्न सकिन्छ।
कक्षा १२ - नतिजा २०८०
निर्देशनहरू (वेब, एसएमएस र IVR को लागि)
वेबपेज
https://neb.ntc.net.np मा लग इन गर्नुहोस् इनपुट बक्समा आफ्नो प्रतीक नम्बर (उदाहरण:- 17300927) र DOB (2055/09/19) टाइप गर्नुहोस् र खोज्नुहोस्।
एस एम एस
NEB <space> SYMBOL टाइप गर्नुहोस् र 1600 मा पठाउनुहोस्
IVR प्रणाली (PSTN र CDMA फोनहरूबाट) 1601 डायल गर्नुहोस् र निर्देशनहरू पालना गर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्ड
:: विद्यालय खाता ::
School Ledger: https://nebadmin.ntc.net.np/
यो पृष्ठ अधिकृत विद्यालय कर्मचारीद्वारा पहुँच गर्न सकिन्छ। पासवर्ड हराएको/ बिर्सिएको अवस्थामा, Please contact at the concerned NEB (Provisional/Branch) of the school.
Any Quries ?
If 'Yes' then Contact: National Examinations Board
Comments
Post a Comment
Comment to Shiksha