विद्यार्थीको प्रश्न: आन्तरिक परीक्षा नदिए के हुन्छ?
बुटवल बहुमुखी क्याम्पसद्वारा सञ्चालित आन्तरिक परीक्षामा आंशिक वा पूर्णरूपमा अनुपस्थित भएमा के हुन्छ? यो प्रश्न धेरै विद्यार्थीको मस्तिष्कमा आउन सक्ने एक प्रश्न हो। बुटवल बहुमुखी क्याम्पसमा मिति २०८१/४/२० गते परीक्षा व्यवस्थापन समिति, कार्यक्रम संयोजक तथा निर्देशक, विभागीय प्रमुख, क्याम्पस विद्यार्थी कल्याण प्रमुख, Free Students' Union (FSU) अध्यक्ष, विद्यार्थी संघ संगठनका प्रमुखहरूको प्रतिनिधिमूलक उपस्थितिमा भएको आन्तरिक परीक्षा प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने विषयमा बृहत छलफल गरी निर्णय लिएको थियो। तसर्थ आन्तरिक परीक्षामा सामेल नहुने विद्यार्थीहरू निम्नलिखित कारबाहीमा पर्न सक्नेछन्।
1. परीक्षामा अनुपस्थित हुने विद्यार्थीलाई freeship, scholarship, र hostel को सेवा-सुविधाबाट वञ्चित गराइनेछ।
2. प्रति विषय रु. १०० का दरले बढीमा रु. ५०० सम्म जरिवाना हुनेछ।
3. सङ्कायगत रूपमा प्रथम, द्वितीय, र तृतीय हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। यदि तपाईंले परीक्षामा सामेल हुनुभएन भने स्वतः तपाईंले पुरस्कार पाउनुहुनेछैन।
4. आन्तरिक परीक्षाको मार्कशीटमा (Marksheet) मा NQ वा Absent आउनेछ। जुन देख्दा नरमाइलो लाग्छ।
5. बुटवल बहुमुखी क्याम्पसद्वारा आन्तरिक परीक्षा Mid Term Examinations र Pre-Annual Examinations मा सहभागी नहुँदा, तपाईंले एकैचोटि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा सञ्चालन गर्दा त्यो प्रश्न हल गर्दा गाह्रो तथा अलमल्लमा पनि पर्न सक्नुहुन्छ।
त्यसकारण सम्पूर्ण विद्यार्थीहरू परीक्षामा अनिवार्य उपस्थित हुनुहुन अनुरोध छ।
Note:
भर्ना समूह २०८० प्रथम वर्षको आन्तरिक परीक्षा २०८१ भदौ १७ गते दिउँसो १२ बजेबाट सुरु हुँदैछ। सम्पूर्ण विद्यार्थीहरुलाई अग्रिम शुभकामना।
Comments
Post a Comment
Comment to Shiksha